बेल्जियमका हमलाकारीलाई १८ वर्ष जेल सजाय माग

0

ब्रसेल्स । फ्रान्सको राजधानी पेरिस र बेल्जियमको ब्रसेल्समा हमला गर्नेलाई कम्तीमा १० र बढीमा १८ वर्षसम्मको जेल सजाय माग गरिएको छ । ती आक्रमणमा सम्लग्न रहेको आशङ्का गरिएका चार जनालाई यो कारबाही माग गरिएको समाचारमा जनाइएको छ ।
बेल्जियमका सरकारी वकिलहरुले त्यस हमलामा सम्बन्ध रहेको आरोपमा अनुसन्धान गरिएका चार जनालाई सो जेल सजायको माग गरेका हुन् । केही समयअघि फ्रान्सको राजधानी पेरिस र ब्रसेल्समा भएको हमलामा परी दर्जनौँ नागरिकको ज्यान गएको थियो । ती आक्रमणमा सम्लग्न रहेको आरोपमा चार जनालाई अनुसन्धान गरिएको छ । पेरिस र ब्रसेल्समा भएका आतङ्कवादी आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ ।
ती आक्रमणमा सम्लग्न केहीको सोही समयमा नै ज्यान गएको थियो भने अरु केहीलाई पक्राउ गरी अनुसन्धानका क्रममा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.