सभामुख घर्तीको पित्तथैलीको शल्यक्रिया

0

काठमाडौं । व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्तीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । सभामुखका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा शल्यक्रिया गरिएको हो । सो अस्पतालका डा डिवी कार्कीले उहाँको सफलतापूर्वक शल्यक्रिया गर्नुभएको हो । पत्थरीको आकार बढ्दै गएपछि केही दिनयता सभामुख अस्वस्थ हुनुभएको थियो । आज बिहान अस्पताल भर्ना हुनुभएकी सभामुख घर्तीलाई चिकित्सकले केही दिन अस्पतालमा आराम गर्न सुझाव दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.