माओवादी एकता जेठ दोश्रो साता

0

काठमाडौं । माओवादी पार्टीहरुबीच जेठ दोस्रो हप्ताभित्र एकता हुने भएको छ । बुधबार साँझ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको चारवटा माओवादी र एकता पक्षधर नेताहरुको छलफलले जेठ दोस्रो हप्ताभित्र एकता गरिसक्ने निष्कर्ष निकालेको हो । बैठकपछि क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले जेठ २ गतेसम्म मोहन वैद्य किरणलाई पर्खने र त्यसपछि जुनसुकै हालतमा एकता गरिने समझदारी बनेको जानकारी दिनुभयो ।
क्रान्तिकारी माओवादीबाट अध्यक्ष मोहन वैद्य किरणसहित अल्पमत टोली नआए पनि नेता रामबहादुर थापा बादल नेतृत्वको बहुमत समूहले एकता गर्ने निर्णय गरिसकेको छ । यादव र थापा नेतृत्वका पार्टीमा भने एकताको सर्वसम्मत निर्णय भएको बताइएको छ । माओवादीहरुको बैठकले एकतापछि पार्टीको कार्यदिशा के हुने भन्ने विषयलाई पनि लगभग टुंगो लगाएको नेता थापाले बताउनुभयो । उहाँले पुँजीवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै संविधानबाट प्राप्त आंशिक उपलब्धि जोगाउँदै थप संघर्ष गर्ने समझदारी नजिक पुगेको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.