नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने जिकिर

0

बनेपा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने जिकिर गर्नुभएको छ । आज काभ्रेपलाञ्चोकको वनेपामा धनेश्वर महादेव मन्दिरको शिलान्यास गर्दै उहाँले नीति तथा कार्यक्रम कुनै पार्टीको चुनावी घोषणापत्रजस्तो भएको छ भन्नुभयो ।
नेपाली काँग्रेसका पूर्व महामन्त्री सिंहले सरकारले आफ्नो असफलता ढाकछोप गर्न सस्तो लोकप्रियताका लागि नीति तथा कार्यक्रम ल्याएको आरोप लगाउँदै संविधान कार्यान्वयन गर्न भूकम्पपीडितलाई राहत तथा पुनःस्थापना गराउन सरकार असफल भएको बताउनुभयो ।
सरकारको दिन गन्ती सुरु भइसेकेकाले सरकारको आयु लामो नभएको उहाँको जिकिर गर्नुभयो । रु एक करोड ६४ लाखमा धनेश्वर महादेवको मन्दिर निर्माण हुन लागेको छ । सो कार्यक्रमपछि नेपाली काँग्रेस काभ्रेपलाञ्चोकले आयोजना गरेको छुट्टै कार्यक्रममा केन्द्रीय सदस्य सिंहले सरकार परिवर्तन गर्ने क्रममा भएको त्रुटिले पार्टीको साख घटेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.