सरकारविरुद्ध अविश्वास प्रस्ताव लैजान्छौँ : खाँड

0

भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले वर्तमान सरकार परिवर्तनका लागि काँग्रेस भारतको इसारामा अग्रसर नभएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले काँग्रेस सभापतिको भारत भ्रमणका कारण सरकार परिवर्तनका प्रयास भएको भन्ने चर्चा गलत भएको जिकिर गर्नुभयो ।
“एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माणमा अवरोध गरे काँग्रेसले अविश्वासको प्रस्ताव ल्याउँछ, सहमतीय सरकारका लागि एमालेले अवरोध गरे बहुमतीय आधारमा भए पनि सरकार परिवर्तन गराइन्छ” उहाँले भन्नुभयो । वर्तमान सरकारले संविधान कार्यान्वयन, पुनःनिर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको उहाँको आरोप छ ।

Leave A Reply

Your email address will not be published.