नक्कली प्रवेशाज्ञा बनाई ठगी गर्ने पक्राउ

0

काठमाडौं । महानगरीय अपराध महाशाखाले क्यानडाको नक्कली प्रवेशाज्ञा बनाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले नक्कली प्रवेशाज्ञा बनाई ठगी गर्ने प्रवल एजुकेसन कन्सल्टेन्सीका सञ्चालक डेन्जीन लामालाई आइतबार पक्राउ गरेको हो ।
लामाले रामेछापका राजु श्रेष्ठ, देवेन्द्र सुनुवार, दोलखाका विवेकराज कार्की, भक्तपुरका रमेशकुमार केसीसँग भ्रमण प्रवेशाज्ञा मिलाइदिने भनी प्रतिव्यक्ति रु १५ लाखका दर लाग्ने भनी अग्रिम रु ५० हजारका दरले लिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– “विगत एक वर्षदेखि कन्सलटेन्सी राखी ठगी गर्दै आएको सूचनाका आधारमा लामालाई पक्राउ गरेका हौँ । लामाले क्यानेडियन नागरिकमार्फत भ्रमण प्रवेशाज्ञा बनाई हालसम्म १४ जनालाई ठगेको प्रहरीले जनाएको छ । उनलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.