पार्टी अध्यक्षमा सर्वसम्मत हुने नेता गच्छदारको विश्वास

0

विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले लोकतान्त्रिक विधिमा आधारित पार्टीको विधान बन्ने जानकारी गराउनुभएको छ । सो पार्टीको भोलिदेखि तीन दिनसम्म विराटनगरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज पत्रकार भेटघाटको कार्यक्रममा भोलिको बन्दसत्रमा विधान पारित हुने र पार्टीको नाम परिवर्तन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल हुने बताउनुभयो ।
उहाँले यस प्रथम महाधिवेशनमा मुलुकको हिमाल, पहाड र तराईका समेत गरी दुई हजार ५०० प्रतिनिधि र ५०० पर्यवेक्षकको सहभागिता रहने जानकारी गराउनुभयो । उहाँले विराटनगरको सहिद रङ्गशालामा भोलि मध्याह्नदेखि सुरु हुने महाधिवेशनको उद्घाटनसत्रमा नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाका साथै विभिन्न राजनीतिक पार्टीका नेता सहभागी हुने जानकारी गराउनुभयो ।
उहाँले भारतबाट भारतीय राष्ट्रिय काँग्रेस, भारतीय जनता पार्टी, जनता दल (युनाइटेड) बहुजन समाजवादी पार्टी, झारखण्ड पार्टीका वरिष्ठ नेता पनि सहभागी हुने निश्चित भइसकेको बताउनुभयो ।
पार्टी अध्यक्ष पदमा प्रतिस्पर्धाको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले लोकतान्त्रिक विधिअनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको स्पष्ट पार्दै पार्टी अध्यक्ष गच्छदारले सर्वसम्मत निर्णय हुने विषयमा आपूm विश्वस्त रहेको जानकारी गराउनुभयो ।
पार्टीले समावेशी सिद्धान्त स्वीकार गरेको भन्दै उहाँले महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चितता हुने र पहाडी समुदायका लागि विशेष व्यवस्था गरिने जानकारी गराउनुभयो । सोही अवसरमा पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिकले प्रथम महाधिवेशनको समष्टिगत रुपमा तयारी पूरा भइसकेको बताउनुभयो । महाधिवेशनमा आउने पाहुनाका साथै पार्टी प्रतिनिधिको आवास, भोजन, यातायातलगायतका व्यवस्था पूरा भइसकेको र व्यापकरुपमा स्वयम्सेवक परिचालनसमेत हुने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.