आयोगले राजनीतिक दलसम्बन्धी नयाँ विधेयक ल्याउने

0

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नयाँ विधेयक प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले प्रस्ताव गर्ने नयाँ विधेयकमाथि विभिन्न पक्षसँग परामर्श गर्दै आएको छ । यसैक्रममा आयोगले आज व्यवस्थापिका संसद्अन्तर्गतका राज्य व्यवस्था समितिका पदाधिकारीहरुसँग पनि छलफल गर्‍यो. ।
आयोगका सचिव शारदाप्रसाद त्रितालले १५ दिनभित्र विधेयकको नयाँ मस्यौदा ल्याउने तयारी भइरहेको जानकारी गराए ।
उनले लोकतान्त्रिक मूल्य र मान्यताअनुसार नयाँ मस्यौदा बनाउन लागिएको बताए । । मतदाता नियमावलीसम्बन्धी मस्यौदा पनि चाँडै ल्याउने तयारी भइरहेको उनको भनाइ थियो ।
आयोगले ल्याउन लागेको नयाँ विधेयकको प्रस्तावमा प्रचलित कानुनअनुसार फौजदारी अभियोग सजाय पाएको व्यक्ति कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन् । तर फौजदारी अभियोगमा सजाय भुक्तान गरेका व्यक्ति पनि दलको सदस्य भने हुन पाउने प्रावधान छ । नैतिक पतन देखिने फौजदारी कसुर पाएका व्यक्ति सजाय भुक्तान गरेको २ वर्ष पुरा गरिसकेपछि दलको सदस्य बन्न सक्ने प्रस्ताव गरेको छ ।

Leave A Reply

Your email address will not be published.