भूकम्पपीडितसँग अनुदार व्यवहार

0

बेँसीसहर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले भूकम्प गएको एक वर्ष बित्दा पनि राहत र पुनःनिर्माणमा ढिलाइ गरेर सरकारले भूकम्पपीडितसँग अनुदार व्यवहार देखाएको आरोप लगाउनुभएको छ । ‘गोरखा भूकम्प’को एक वर्ष पूरा भएका अवसरमा नेपाल प्रेस युनियन लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले भूकम्प पुनःनिर्माणका लागि विदेशी सहयोग जम्मा गरेको रकम समेत सदुपयोग गर्न नसकेको दोषारोपण गर्नुभयो । एक फरक प्रसङ्गमा उहाँले काँग्रेस तत्काल सरकार बनाउने र गिराउने खेलमा नलागी संविधान कार्यान्वयमा केन्द्रित भएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.