राष्ट्रिय सहमति भएमात्रै मुलुकले निकास पाउनेः अध्यक्ष दाहाल

0

कपिलवस्तु । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले ओली नेतृत्वको सरकारले मात्रै मुलुकको वर्तमान सङ्कटको निकास दिन नसक्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ कपिलवस्तुले भृकुटी उच्च माविमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेपाली काँग्रेस, मधेस केन्द्रित दललगायत वर्तमान सरकारमा साझेदार सवै दलहरु एक भै राष्ट्रिय सहमति कायम हुनसके मात्रै मुलुकले निकास पाउने बताउनुभयो ।
आफू प्रधानमन्त्रीको आकांक्षी नरहेको स्पष्ट पार्दै उहाँले केही दिनअघि आफूले बोलेका अभिव्यक्तिलाई संचारमाध्यमले बङ्ग्याएको भन्दै वर्तमान अवस्थामा प्रधानमन्त्री बन्ने कुनै रहर नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वर्तमान अवस्थामा सरकार र प्रमुख ठूला दलहरुलाई संविधानको कार्यान्वयन, तराई मधेसका मुद्दाको सम्बोधन, भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयलाई निकास दिनुपर्ने ठूलो चुनौती छ, यसको एक मात्र विकल्प राष्ट्रिय सहमतिको सरकार हो । यसका लागि सबै राजनीतिक दलहरु जिम्मेवार हुनुपर्छ ।”

Leave A Reply

Your email address will not be published.