बेल्जियममा ब्यबसायिक गोष्ठी सम्पन्न

0

चारदिशा सम्बाददाता बेल्जियम
नेपाली ब्यबसायी संघ बेल्जियमले आफ्न सदस्य ब्यबसायीहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गत हप्ता अन्त्वेरपेन शहरमा भएको उक्त प्रशिक्षणमा बिज्ञहरुले बेल्जियमको कर प्रणाली, कामदार नियुक्ती, सामाजिक सुरक्षा बिमा र राज्य नियन्त्रित दैनिक तथ्यान्क राख्ने मेशिन (BLACK BOX°) का बारेमा उपयोगी जानकारी गराएका थिए ।

ब्यबसायीहरुले आफ्नो ब्यवसाय सन्चालनका क्रममा भोग्नु परेका समस्याका बारेमा राखेका जिज्ञाशाहरुको जबाफ दिदै प्रशिक्षकहरुले महत्वपूर्ण कानुनी प्रकृयाहरु लागु हुने अवस्था र त्यसमा ब्यवसाय संचालकले निभाउनु पर्ने भूमिकाको बारेमा प्रस्ट्याएका थिए ।

ब्यबसायी संघका अध्यक्ष सिपी भट्ट र महiसचिब यामु निरौला लगायत दर्जन बढी नेपाली ब्यापारीहरु सहभागि कार्यक्रमको अन्त्यमा अन्य बिषयमा पनि यस्ता कार्यक्रम आयोजना गरिने जानकारी गराउदै प्रशिक्षक द्वयलाई धन्यवाद दिइेको थियो ।

Leave A Reply

Your email address will not be published.