महिला सङ्घको चौथो अधिवेशन भदौमा

0

काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल महिला सङ्घको चौथो राष्ट्रिय अधिवेशन आगामी भदौ २९ देखि ३१ गते काठमाडाँैमा हुने भएको छ । लामो समयदेखि अधिवेशन हुन नसकी तदर्थ समितिद्वारा सञ्चालित सङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी मङ्गलबार बसेको कन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको जानकारी दिएको छ ।
सङ्घको अहिलेसम्म ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी ११ जिल्लामा जेठ १२ गतेभित्रमा अधिवेशन सम्पन्न गर्ने कार्यक्रम छ । सङ्घका अध्यक्ष डा डिला सङ्ग्रौलाका अनुसार आसन्न अधिवेशन एकताको अधिवेशन हुनेछ ।

Leave A Reply

Your email address will not be published.