ओलीको खुस्बु प्रेमले समाजकल्याणमा नियुक्ति रोकियो

0

काठमाडौं । समाजकल्याण परिषद् एक महिनादेखि पदाधिकारीविहीन छ । सदस्यसचिव रवीन्द्रकुमार यादवसहित पदाधिकारीहरूको म्याद गत फागुन २८ गते सकिएको हो । परिषद् पदाधिकारीविहीन हु“दा कामकारबाहीमा असर परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद एक सुन्दरीलाई परिषद्को उपाध्यक्ष बनाउन दबाब दिएकाले नियुक्ति नै रोकिएको छ ।
प्रहरीस“गको भिडन्तमा मारिएका गुण्डानाइके दिनेश अधिकारी ‘चरी’ की प्रेमिका खुस्बु ओलीलाई उपाध्यक्ष बनाउन केपी ओलीले महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीलाई दबाब दिँदै आएका छन् । तर मैनालीले प्रस्ताव नै लान सकेका छैनन् । उपप्रधानमन्त्री मैनालीले उपाध्यक्षमा माले कार्यकर्ता निलमणि बराल, सदस्य सचिवमा शिक्षा मन्त्रालयका पूर्वउपसचिव नकुल बानिया“को नाम परिषद्मा नियुक्तिका लागि चैत पहिलो साता मन्त्रिपरिषद् बैठकमा लगेका थिए । तर प्रधानमन्त्री ओलीले खुस्बुको नाम उपाध्यक्षमा राख्न दबाब दिएपछि मैनालीले प्रस्ताव नै फिर्ता लिएका थिए ।
खुस्बुलाई उपाध्यक्ष बनाउने कुरामा मैनाली सकारात्मक नभएपछि प्रधानमन्त्री र उनीबीच सम्बन्धमा पनि चिसोपन आएको बताइन्छ । ओली र मैनाली दुवै झापा आन्दोलनका सहयात्री हुन् । यदि पार्टी नछाडेको भए सीपी अहिले एमालेको निर्विकल्प प्रधानमन्त्री हुने थिए । मालेका संस्थापक मैनाली अहिले आफ्नै कार्यकर्ता ओलीका मन्त्री भएका छन्, त्यो पनि लो प्रोफाइलको महिला मन्त्री । मन्त्रालयको एउटा महŒवपूर्ण निकाय भनेको परिषद् हो, परिषद्मा पनि उनले आफूले भनेअनुसार नियुक्ति गर्न नपाएपछि सीपी मैनाली अहिले तनावमा छन् । त्यसमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमती निलम केसी उर्फ सीता खड्कालाई अकूत सम्पत्ति छानबिनका लागि पत्र काटेपछि उनलाई मालेको नाममा भूमिसुधार मन्त्रालय लिएर थुपारेको सम्पत्तिले पोल्न थालेको छ । झापाकी खुस्बु ओली प्रधानमन्त्री केपी ओलीको नातासमेत पर्ने बताइन्छ । प्रहरी इन्काउन्टरमा चरी मारिएपछि उनकी प्रेमिका भन्दै खुस्बुले सम्पत्ति सबै हडपेर लन्डन निवासी सन्तोष कार्कीस“ग विवाह गरेकी छन् । सम्पत्ति हडप्नकै लागि उनलाई प्रेमिका बनाइएको चर्चा पनि हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.