राष्ट्रिय पत्रकारिता दिवस देशव्यापी मनाइने

0

काठमाडौं । राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिको आजको पहिलो बैठकले दिवसलाई तीन दिनसम्म देशव्यापी मनाउने निर्णय गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयमा बसेको बैठकमा आगामी वैशाख २३, २४ र २५ गतेसम्म दिवस मनाउने निर्णय भएको हो ।
बैठकको अध्यक्षता गर्दै सूचना तथा सञ्चारमन्त्री शेरधन राईले राष्ट्रिय पत्रकारिता दिवसको ऐतिहासिक महत्व भएकाले कार्यक्रमलाई भव्य बनाउन सबैको सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले सरोकार भएका संस्थाबाट प्राप्त सुझावका आधारमा अर्को बैठकले विस्तृत कायत्र्रक्रम तय गर्ने बताउनुभयो ।
मन्त्रिपरिषद्को गत माघ २० गतेको निर्णयले गोरखापत्र प्रकाशनको मिति वैशाख २४ मा दिवस मनाउने निर्णय गरेको थियो । नेपालको पुरानो अखबार गोरखापत्र १९९८ वैशाख २४ मा प्रकाशन भएको थियो । मन्त्रालयका सचिव दिनेशप्रसाद थपलियाले दिवसलाई तीन दिनसम्म्म देशव्यापीरुपमा मनाउन तयारी भएको जानकारी गराउँदै दिवसका अवसरमा आयोजना हुने आफ्ना कार्यक्रम आगामी वैशाख १० गतेभित्र पेस गर्न सबै निकाय र संस्थालाई आग्रह गर्नुभयो ।
दिवसका अवसरमा सञ्चारमन्त्रीको सन्देश प्रशारण, निःशुल्क स्वास्थ्य परीक्षण, नेपाल राष्ट्र बैंकबाट रु दुई हजारको चाँदीको सिक्का प्रकाशन, हुलाक टिकट प्रकाशन, पुरस्कार वितरण, -यालीलगायतका कार्यक्रमको तयारी भएको छ ।
बैठकमा राष्ट्रिय समाचार समिति ९रासस० का महाप्रबन्धक निर्मला आचार्यले दिवसका अवसरमा राससको भवन शिलान्यास, पत्रकारिता तालिमलगायतका कार्यक्रमको तयारी गरिएको बताउनुभयो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले दिवसका अवसरमा सिक्का र टिकट प्रकाशनका साथै विशेषाङ्क प्रकाशन गरिने जानकारी दिनुभयो । यस्तै नेपाल टेलिभिजन, रेडियो नेपाल, रेडियो प्रशारणका विभिन्न सञ्जालले पनि विभिन्न कार्यक्रम गर्दैछन् । लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर दवाडीले दिवस मनाउन आवश्यक सहयोग हुने बताउनुभयो ।
बैठकले कार्यक्रम तथा नारा तयारीका लागि सूचना विभागका महानिर्देशक रघुराम विष्टको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मूल समारोह समितिमा प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घलगायत विभिन्न संस्था र निकायका प्रतिनिधि आवद्ध छन् ।

Leave A Reply

Your email address will not be published.