इजिप्ट एअर अपहरणकारीबाट आत्मसमर्पण

0

काठमाडौं । इजिप्ट एअरको आन्तरिक उडानको विमान अपहरणकान्डको पटाक्षेप भएको छ । अपहरणकारीले साइप्रस प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै अपहरणकान्डको पटाक्षेप भएको हो । मंगलबार इजिप्टको अलेक्जेन्ड्रियाबाट ५६ यात्रुसहित राजधानी कायरोका लागि उडेको इजिप्ट एअरको फ्लाइट ‘एमएस १८१’ को एअरबस ३२० उडेको केहीबेरमै कम्मरमा ‘सुसाइड’ बम बाँधेको बताउने व्यक्तिले कब्जामा लिएका थिए ।
विमान दक्षिणी साइप्रसको लार्ना विमानस्थलमा अवतरण गराइएको थियो । अवतरण गराइएको केहीबरेमै विमानमा रहेका अधिकांश यात्रुहरुलाई अपहरणकारीले छाडेका थिए भने चार यात्रु र चालकदलका सदस्यहरुलाई बन्धक बनाइ अपहरणकारीले ‘बार्गेनिङ’ गरिरहेका थिए ।
तर, अन्ततः सबै यात्रु सकुशल रिहा भए भने अपहरणकारी पनि प्रहरीको नियन्त्रणमा पुगे । इजिप्टसियन नागरिक बताइएको अपहरणकारीले साइप्रसमा रहेकी आफ्नी पूर्वपत्नीलाई भेट्न विमान अपहरण गरेको बताएको जनाइएको छ । विमानस्थलको नजिकै गाउँमा रहेकी अपहरणकारीकी पूर्वपत्नीलाई भेटाउनेक्रममै अपहरणकारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
साइप्रसका राष्ट्रपति निकोस अनास्तासिआडेसले पनि विमान अपहरण आतंककारी घटना नभएको बताएका थिए ।

Leave A Reply

Your email address will not be published.