हावाहुरीका कारण अन्तर्राष्ट्रिय विमानस्थल बन्द

0

काठमाडौं । अपराह्न एक्कासी चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण बन्द गरिएको छ । उडान सुरक्षाका लागि विमानस्थलको सबै सेवा केही समयका लागि बन्द गरिएको विमानस्थलका माहाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिनुभयो ।
हावाहुरीसँगै बाक्लो धुलो फैलिएकाले ‘भिजिबिलिटी’ कम हुँदा उडानमा असर परेको हो । मौसममा सुधार आएपछि विमानस्थलको सेवा पुनः सुरु गरिने विमानस्थलले जनाएको छ । हावाहुरीले उड्डयन मात्र नभई उपत्यकाको जनजीवन समेत केही प्रभावित भएको छ । धुलोसहितको आँधीले सर्वसाधरणलाई आवत–जावत र सवारी साधनलाई समेत कठिनाई भएको छ ।

Leave A Reply

Your email address will not be published.