समयमै भ्रातृसंस्थाको अधिवेशन गर्न देउवाको निर्देशन

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमै भ्रातृसंस्थाको अधिवेशन गर्न निर्देशन दिएका छन् ।
सभापति देउवालाई सम्मान गर्न उनकै निवास बुढानिलकण्ठ पुगेको नेपाल तरुण दलका प्रतिनिधिलाई उनले यस्तो निर्देशन दिएका हुन् । देउवाले समयमै अधिवेशन गर्न निर्देशन दिँदै लामो समय प्रमुख भ्रातृसंस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरिक जीवनमा समेत असर पुगेको चर्चा गरे । ‘अब कुनै पनि बहानामा अधिवेशनमा ढिलाइ गर्नुहुन्न, अधिवेशन गराउन पार्टीले पूरा सहयोग गर्छ,’ उनले भने ।
तरुण दलका अध्यक्ष एवम् सांसद उदयशम्शेर राणाले विगतमा पार्टी नेतृत्वको असहयोगले अधिवेशन गर्न समस्या भएको उल्लेख गर्दै अब तरुण दल अधिवेशनमा जुटिसकेको बताए । उनले केही दिनमै दलको बैठक बोलाएर अधिवेशनमा लाग्ने जानकारी दिए । पछिल्लो समय नेपाल विद्यार्थी संघ, तरुण दल र नेपाल महिला संघ लगायत कांग्रेसका आधा दर्जन भ्रातृसंस्थाको अधिवेशन हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.