प्रबासी नेपाली महिला मंचको अधिवेशन सम्पन्न

0

बेल्जियम,मार्च १९,प्रबासी नेपाली महिला मंच ल्जियमको तेस्रो अधिबेशन महिला नेत्री झुना निरौलाको अध्यक्षतामा २५ सदस्यिय समिती निर्माण गर्दै बेल्जियमको एन्टेर्पेन शहरमा सम्पन्न भएको छ ।
यस अधिबेशनबाट उपादक्ष्यत्रयमा क्रमश मुना केसी , सबिता दाहाल र इश्वरा शर्मा निर्वाचित भएका छन भने सचिब र कोषादक्ष्यमा क्रमश ज्ञानु बरुवाल , निता बराल सर्वसम्मत चयन भएका छन ।
अधिवेसनको खुल्ला सत्रमा बेल्जियम स्थित अधिकांश संघ संस्थाहरुले अधिवेसन सफलताको शुभकामना दिएका थिए । एन आर एन ए अन्तरराष्ट्रिय सचिव अर्जुन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा महिला नेत्री हरी भट्टराई व्दारा सन्चालन गरिएको पहिलो सत्रको सभापतित्व सोही समितिकी निबर्तमान अध्यक्ष इशा गुरुङले गरेकी थिइन ।

Leave A Reply

Your email address will not be published.