काँग्रेसलाई सरकारमा सामेल हुन आह्वान

0

विराटनगर । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले मुलुकलाई समृद्धितर्फ डो-याउनका लागि कृषि, पर्यटन, ऊर्जा र उद्योग क्षेत्रको विकासमा अग्रसर हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यसका लागि सही योजनालाई कार्यान्वयनका लागि एमालेले भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्रीको आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन र असन्तुलित सम्बन्धलाई राम्रो बनाउन, पारवाहन लगायत सम्झौता हुने जानकारी गराउँदै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको चीन भ्रमणलाई भारतविरुद्धको कदमका रुपमा लिनु हुँदैन ।”
उहाँले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि पार्टीले सञ्चालन दशदिने कोसी–मेची पर्यटन प्रवद्र्धन अभियानबाट पर्यटनको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकारले नै आउँदो संसदीय दलको निर्वाचन गराउने स्पष्ट पार्दै संविधानको कार्यान्वयनका लागि नेपाली काँग्रेसलाई पनि सरकारमा सामेल हुन आह्वान गर्नुभयो ।
मधेसी मोर्चाको आन्दोलन केका लागि भनी प्रश्न गर्दै उहाँले आन्दोलन मर्यादित, लोकतान्त्रिक हुनुपर्ने र हिंसा गर्ने तथा सामाजिक सद्भाव खलबलाउने खालको हुनुनपर्ने विषयमा जोड दिनुभयो । सो अवसरमा एमाले कोसी अञ्चलका इन्चार्ज जीवन घिमिरेले पार्टीद्वारा सञ्चालित कोसी–मेची पर्यटन प्रवद्र्धन अभियानको विषयमा जानकारी गराउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.