मोर्चाका नेता र चिनियाँ राजदूतबीच भेटवार्ता

0

काठमाडौं । संयुक्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चाका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र आफ्नो आन्दोलनका मागमा सम्बन्धमा आज नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईसँग भेटवार्ता गरेका छन् ।
मोर्चाले आफ्ना आन्दोलनका माग सम्बोधनका लागि ध्यानाकर्षण गराउँदै विभिन्न ११ बुँदे पत्र दूतावासलाई दिएको थियो । बैठकमा सहभागी सद्भावना पार्टीका नेता मनिषकुमार सुमनले मधेस आन्दोलनका क्रममा भएका मानवअधिकारको उल्लङ्घन र संविधानको कार्यान्वयमा देखिएको अन्योलबारे दूतावासको ध्यानाकर्षण गराइएको बताउनुभयो ।
राजदूत चुन्ताईले मोर्चाको मागबारे आफूलाई अवगत भएको र त्यसबारे चीन सरकारलाई जानकारी गराउने तथा प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा प्रसङ्ग उठेमा मधेस आन्दोलनबारे जिज्ञासा राखिने बताउनुभएको थियो ।
राजदूत चुन्ताईले चीन सरकार अब सरकारबीचको मात्र नभई जनता जनताबीचको सम्बन्ध विस्तारमा पनि लागि परेको बताउनुभएको थियो । भेटमा मधेसी जनाधिकार फोरम ९गणतान्त्रिक०का अध्यक्ष राजकिशोर यादव, सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल, सङ्घीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठलगायत हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.