देउवा र कोइरालालाई चीनको बधाइ

0

काठमाडौं । नेपाली कांगे्रसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा र महामन्त्री शंशाका कोइरालालाई चीन सरकारले शुभकामना तथा बधाइ दिएको छ । चिनियाँ राजदूत वु चुन्थाइले बेग्लाबेग्लै भेट गरी चीन सरकारको बधाइ तथा शुभकामना सन्देश सुनाएका हुन् । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले बधाई तथा शुभकामना दिनुभएको छ । सभापति देउवालाई आज बधाई दिन उहाँकै निजी निवास बुढानिलकण्ठ पुग्नुभएका राजदूत चुन्ताईले चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ सरकारको तर्फबाट सभापति देउवाको कार्यकालको सफलताको कामना गर्नुभयो । उहाँले सभापति देउवाको कार्यकालमा चीनसँगको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास पनि व्यक्त गर्नुभएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।
सो अवसरमा सभापति देउवाले चीन नेपालको असलमित्र भएकाले चीनसँगको मित्रतालाई आफूले सधँै महत्व दिएको स्पष्ट पार्दै आगामी दिनमा अझ राम्रो सम्बन्ध बनाउनका लागि आफूले जोड दिने बताउनुभयो । उहाँले नेपालको विकासमा चीनले सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
यता, नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला र चिनियाँ राजदूत वु चुन्ताईबीच आज कोइराला निवास महाराजगञ्जमा भेटवार्ता भयो । महामन्त्री कोइराला र राजदूत चुन्ताईबीच मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो । भेटमा महामन्त्री कोइरालाले आफूले पार्टी एकजुट बनाएर लैजाने दृढता प्रकट गर्नुभएको पार्टी स्रोतले जानकारी दिएको छ । चिनियाँ राजदूतले महामन्त्री पदमा निर्वाचित हुनुभएका कोइरालालाई बधाई दिँदैे उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.