कांग्रेसीजनको मियो बुढानीलकण्ठतिर

0

काठमाडौं । नेपाली कांग्रेसको मियोको रुपमा रहेको महाराजगञ्ज अर्थात कोइराला निवासको मियो बुढानीलकण्ठ अर्थात देउवा निवास सरेको छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनले कोइराला निवासको मियो बुढानिलकण्ठ सार्ने छिनोफानो गरेको हो । कोइराला निवासको मियोको लामो डोरी चुडिए लगतै नेपाली राजनीतिमा नयाँ तरंगसमेत पैदा भएको छ ।
नेपाली कांग्रेसको सभापतिमा भएको निर्वाचनमा प्रत्यासी कार्यवाहक सभापति रामचन्द्र पौडेललाई भारी मतको अन्तरले शेरबहादुर देउवाले बिजय हासिल गरेलगतै नेपाली राजनीतिकै मियो बुढानिलकण्ठ सर्ने पक्कापक्की भएको हो ।
यतिबेला देउवा निवास बुढानिलकण्ठमा कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ । कार्यकर्ताहरु बधाई र शुभकामनाका सन्देश बोकेर देउवालाई सुनाइ रहेका छन् । अनि उनीहरुका पार्टीभित्रका इच्छा आकाङ्क्षालाई धमाधम व्यक्त गरिरहेका छन् । धेरैजसोले पार्टी अब रुपान्तरित हुने विश्वास लिएका छन भने कसैले पार्टीमा युवाहरुको शसक्त भूमिका हुने पनि विश्वास गरेका छन् । सबैजसोले पार्टीभित्रको गुट उपगुटको अन्त्य र सबै कार्यकर्तालाई समान व्यवहार देउवाबाट चाहेका छन् । बुढानिलकण्ड पुगेका कोही फुलका माला, खादा र  कोही हातमा बुकीलिएर देउवालाई बधाई दिनकै लागि व्यग्र प्रतिक्षामा भेटिन्छन् । बिहानैदेखि देउवा निवासमा बढेको भिड लागिरहेको छ । आउने आउदा छन जाने जादा छन ।
उभिएर शुभकामना र बधाई थाप्नको लागि यसरी उभिएका देउवामा जोस र उमङ्ग देखिए पनि उभिनु पर्दाको थकान महशुस गरिरहेका छन् । देउवा पत्नी आरजु देउवा पनि बधाई दिन आएका शुभेच्छुकहरुसंग खुशी साटासाट गर्दैमा व्यस्त देखिन्छिन् । आफ्नो घरमा देखिएको भीडलाई घरको वारदलीबाट मोबाईलमा कैद गर्न र रमाउनमै तल्लीन छन उनी ।
कार्यकर्ता र शुभेच्छुकहरुको चाहना पनि एकताकै छ । जसले जिते पनि अखिर कांग्रेसले नै जितेको उनीहरुको ठम्याइ छ । हार्नेले पनि हारको रुपमा नलिई जित्नेलाई सहयोग गर्न र जित्नेले पनि हर्नेको भावना समेट्न उनीहरुको सुझाव छ । तर, जे भए पनि अव कांग्रेसले लिने बाटो कस्तो होला रु सबैको जिज्ञासा अहिले यहि छ ।

Leave A Reply

Your email address will not be published.