अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सबमा नेपाल प्रबर्धन

0

अस्ट्रेलिया । बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सबको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसंग आबद्ध भएका करीब १०० जातीय संस्था र अन्य संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुलाई आ-आफ्नो सांस्कृतिक चाल-चलन, रिति-रिवाज, खान-पान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच-गान, कार्यशाला गोस्ठी, प्रदर्शन जस्ता बिबिध कार्यक्रम सहित आफ्नो ४० औं बार्षिकी भब्यताका साथ मनाउँदा नेपालीले भने चौथो पटक सहभागिता जनाइ नेपाल प्रबर्धन गर्ने काम गरे ।
परेडमा सहभागीहरुले नेपाली झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानर  र स्टलमा पोस्टर र नेपाली सामग्रीहरु मार्फत नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने काम गरिएको थियो । परेडमा सहभागीहरुले आ-आफ्नो जातीय  पहिचान झल्काउने पहिरन मार्फत अनेकतामा एकता दर्शाउने काम समेत भएको थियो । नेपालीहरुको समूहमा बिदेशीहरुको समेत उल्लेख्य उपस्थिति थियो । कार्यक्रमको उदघाटनको लगत्तै अस्ट्रेलियाको भिक्टोरिया राज्यका बहुसांस्कृतिक एबं नागरिक जिम्मेवारी बहन गर्नु भएका मन्त्री रविन स्कट र पर्यटन जिम्मेवारी बोकेका मन्त्री जोन एरेन र सांसद क्रिस्चिन कोजिन नेपाली समुदायका बीच आएर नेपाली समुदायको गतिबिधीको प्रसंशा गर्दै आफूहरु नेपाली समुदायसंग नजिक रहेर काम गर्न रुचाएको बताउनु भयो ।
कुमारीको भेषमा रहनु भएकी मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह र बुद्धको भेषमा रहनु भएका मिस्टर नेपाल अस्ट्रेलिया २०१४ अनुपम ध्वज किरणमा धेरै बिदेशीको आकर्षण बन्न पुगेका थिए । कार्यक्रमको अर्को चरणमा रेखा श्रेष्ठ, ग्रेस शेर्पा माप्लेसन र स्कारलेट शेर्पा माप्लेसनले न्रित्य प्रदर्शन गर्नु भएको थियो । स्मरण रहोस जिलोङमा नै नेपालीहरुको बसोबास नगण्य रुपमा रहेकोले यति ठूलो संख्यामा जन सहभागिता हुने यति ठूलो महोत्सबलाई बिशेष गरेर नेपाललाई  बुद्ध र सगरमाथाको देशको रुपमा प्रबर्द्धन गर्ने प्रयोजनको लागि अबसरको रुपमा लिइनु पर्छ भन्दै जिलोङ वरिपरिका बिभिन्न शहरबाट नेपालीहरुलाई आएर सहभागी हुने गरेका छन ।

Leave A Reply

Your email address will not be published.