काँग्रेस महाधिवेशनमा प्रेस जगत्को उल्लेख्य सहभागिता

0

काठमाडौं । नेपाली काँग्रेसको यही फागुनमा हुने  १३ औं महाधिवेशनमा विगतमा सञ्चार तथा पत्रकारिता क्षेत्रबाट लोकतन्त्र र देश हितमा विशिष्ट योगदान दिएका बौद्धिक र परिपक्व प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने देखिएको छ । नेपालमा लोकतन्त्रको मियोका रुपमा रहेको नेपाली काँग्रेसमा पत्रकारिता तथा सञ्चार पृष्ठभूमिका व्यक्तित्वहरूको वैचारिक र साङ्गठनिक संलग्नता देखिनु सन्तोषको विषय हो ।
अहिलेसम्म जिल्लाहरूबाट प्राप्त विवरणअनुसार पत्रकारिता पेसामार्फत लोकतान्त्रिक आन्दोलनको अग्र मोर्चामा जुटेर राजनीतिक व्यक्तित्व निर्माण गरेका चारजना नेताहरू जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ । जिल्ला सभापति हुनुभएकाहरूमा सिन्धुलीका उज्ज्वलप्रसाद बराल, सुर्खेतका कमलराज रेग्मी, काभ्रेपलाञ्चोकका मधुप्रसाद आचार्य र नवलपरासीका विष्णु लामिछाने हुनुहुन्छ ।
त्यस्तै, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा पनि यस क्षेत्रका चार दर्जनभन्दा बढी व्यक्तित्वको सहभागिता छ ।
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवम् नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको आन्दोलनका अगुवा तारानाथ दाहाल सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । यसअघि उहाँ पार्टीको नवौँ, दशौँ र बाह्रौ महाधिवेशनमा पनि निरन्तर महासमिति सदस्य हुनुहुन्थ्यो ।
सिन्धुपाल्चोक क्षेत्र नंं १ बाट पत्रकारिता पृष्ठभूमिका चित्रकुमार मिजार महाधिवेशन प्रतिनिधिमा चुनिनुभएको छ भने पत्रकारिताको अनुभव बटुलेका क्षेत्र नंं १ का महासमिति सदस्य हरिशरण श्रेष्ठ तथा क्षेत्र नंं ३ बाट बद्री चौलागाईं र सागरकुमार श्रेष्ठसमेत प्रतिनिधि चुनिनुभएको छ ।
पत्रकारिता र सञ्चार क्षेत्रको व्यावसायिक एवम् प्राज्ञिक भूमिकामा उल्लेखनीय योगदान भएका झापाका वरिष्ठ पत्रकार लोकराज ढकाल झापा–२ बाट र पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष कृष्ण हुमागाईं झापा क्षेत्र नंं ४ बाट महाधिवेशन प्रतिनिधिमा चुुनिनुभएको छ ।
यसैगरी, सङ्खुवासभाका प्रतिष्ठित पत्रकार कुमारबाबु अधिकारी र दीपेन्द्रमान शाक्य क्षेत्र नंं २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । नेपाली श्रमजीवी पत्रकारहरूको आन्दोलनका एक सशक्त हस्ती विजयी सन्तोषी राई धनकुटा क्षेत्र नंं १ बाट र सांसदसमेत रहनुभएकी वरिष्ठ पत्रकार अन्जना ताम्ली धनकुटा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको छ ।
टेलिभिजन पत्रकारितामा दख्खल राख्ने प्रकाशचन्द्र परियार सुनसरी क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको छ । परियार नेपाल प्रेस युनियन र पत्रकार महासङ्घको समेत एक स्थापित नेता हुनुहुन्छ ।
नेपालको विज्ञापन क्षेत्रका एक अगुवा, पुराना पत्रकार एवम् लेखक मित्रसेन दाहाल ओखलढुङ्गा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको छ । सो सङ्घमा लामो समयदेखि कार्यकारी निर्देशक रहँदै आउनुभएका भरतलाल न्याछ्योँ ललितपुर क्षेत्र नंं ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था रहेको नेपाल प्रेस युनियनका दुई मुख्य पदाधिकारी उपाध्यक्षद्वय काभ्रेपलाञ्चोक–२ बाट ईश्वरी ओझा र ओखलढुङ्गा–२ बाट बाला अधिकारी महासमिति तथा महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
यस्तै लेखक एवम् पत्रकार केशवराज चौलागाईं दोलखा–२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ भने घटना र विचार साप्ताहिकका प्रधानसम्पादक देवप्रकाश त्रिपाठी धादिङ क्षेत्र नंं ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
धादिङ क्षेत्र नं ३ मा पत्रकारिता पृष्ठभूमिकै कृष्ण रिजाल क्षेत्रीय सभापति हुनुभएको छ भने अर्का श्रमजीवी पत्रकार भुवनेश्वर अधिकारी कैलाली क्षेत्र नंं १, घनश्याम भण्डारी दैलेख क्षेत्र नंं २ र नेपाल प्रेस युनियनका स्थापित नेता हरि लम्साल रुपन्देही क्षेत्र नं ४ बाट क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको छ । भण्डारी सहिदपुत्र समेत हुनुहुन्छ ।
पत्रकार एवम् विज्ञापन व्यवसायी रमेश महत नुवाकोट–२ बाट महासमिति सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले जिल्ला सभापतिमा समेत प्रतिस्पर्धा गर्नुभएको थियो । पत्रकार एवम् राजनीतिक विश्लेषक लोकेश ढकाल काठमाडौँबाट सदा झै यस पटक पनि महाधिवेशनमा प्रतिनिधित्व गर्दै हुनुहुन्छ । यसैगरी, काठमाडौँबाट भाषा सेवीका रुपमा समेत पहिचान बनाउनुभएका पुराना पत्रकार नवीन चित्रकार पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
देशको मध्यभाग चितवनबाट पनि नेपाल प्रेस युनियन आन्दोलनका स्थापित नामहरू विजय शर्मा भुसाल र सरिता केसी पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । त्यस्तै, कास्कीको क्षेत्र नंं ४ बाट पत्रकार राजबहादुर गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । यस्तै नेपाल पत्रकार महासङ्घका पूर्व सचिव झपेन्द्र गैरे पाल्पाबाट महाधिवेशन प्रतिनिधिमा निर्वचित हुनुभएको छ । नेपाल प्रेस युनियनमा आबद्ध पाल्पाका युवा नेता हिमाल श्रेष्ठ पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । पत्रकारिताका प्रशिक्षक तथा सम्पादक जगदीश भट्टराई गुल्मी क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
रेडियो व्यवसायी किरण पौडेल तथा वरिष्ठ पत्रकार जगन्नाथ आचार्य, पत्रकार धीरप्रताप सिंह र विद्यार्थी आन्दोलनसँगै सञ्चार अभ्यासका जुझारु व्यक्तित्व डिल्लीराम सुवेदी बाग्लुङ क्षेत्र नंं २ बाट निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ धौलागिरि अञ्चल शाखाका संस्थापकमध्येका एक रामचन्द्र जोशी पर्वतबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ भने पर्वतबाटै सक्रिय पत्रकार महिला मुना भुसाल पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
पत्रकारिता पृष्ठभूमिबाट काँग्रेस राजनीतिमा वर्चस्व कायम गर्नेमा प्यूठान अग्रपङ्क्तिमा छ । प्यूठानका स्थापित पत्रकार देवेन्द्र बर्मा, प्रमोद पोखरेल, विष्णु गिरी र भुवन सुनार महाधिवेशन प्रतिनिधिमा चुनिनुभएको छ भने नेपाल प्रेस युनियन मध्यपश्चिमाञ्चलका नेता देवेन्द्र बर्मा जिल्ला सचिवमा निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ डडेल्धुराका संस्थापक एवम् नेपालको विद्यार्थी आन्दोलनका चर्चित नेता नैनासिंह महरा महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
त्यस्तै नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवम् वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । काठमाडौँबाट प्रेस एवम् प्रकाशन व्यवसायी रीता दवाडी क्षेत्र नंं ९ बाट महाधिवेशनमा निर्वाचित हुनुभएको छ । उपत्यकाकै अर्को जिल्ला भक्तपुरबाट पुराना पत्रकार प्रवीण वन तथा जगन्नाथ कार्की महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
मध्य मधेसको रौतहटबाट नेपाल प्रेस युनियनका अञ्चल सभापति सञ्जयकुमार कार्की क्षेत्र नंं ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । राजनीतिक टिप्पणीकार एवम् लेखक शोभाकर पराजुली बाराबाट महाधिवेशन प्रतिनिधिमा चुनिनुभएको छ । उहाँ पार्टीको पूर्व सचेतक एवम् मुख्य सचिवसमेत भइसक्नुभएका नेता हुनुहुन्छ ।
यस्तै पर्साका लोकप्रिय नेता तथा पूर्व जिविस सभापति जनार्दन सिंह क्षेत्री पनि पत्रकारिताका एक पुराना साधक हुनुहुन्छ भने मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने पनि पुराना पत्रकार हुनुहुन्छ । उहाँहरू दुवैजना १३ औँ महाधिवेशन प्रतिनिधि चुनिनुभएको छ । यसैगरी बाँकेका अर्का पत्रकार मेघराज ओली पनि क्षेत्र नंं ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
विश्वका विभिन्न देशमा रहेका जनसम्पर्क समितिहरूमार्फत करिब १५० प्रतिनिधिले महाधिवेशनमा प्रतिनिधित्व गर्दैछन् ।राना साधक हुनुहुन्छ भने मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने पनि पुराना पत्रकार हुनुहुन्छ । उहाँहरू दुवैजना १३ औँ महाधिवेशन प्रतिनिधि चुनिनुभएको छ । यसैगरी बाँकेका अर्का पत्रकार मेघराज ओली पनि क्षेत्र नंं ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
विश्वका विभिन्न देशमा रहेका जनसम्पर्क समितिहरूमार्फत करिब १५० प्रतिनिधिले महाधिवेशनमा प्रतिनिधित्व गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.