सँरक्षण कविता आन्दोलनमा के.सी. यूरोप सँयोजक

0

लुभेन । नेपाल नाट्य कला सँगीत प्रज्ञा प्रतिष्ठानका कुुलपति एवँ बरिष्ठ साहित्यकार सरुभक्तको  नेतृत्वमा २०५३ साल असोज १० गते शुरु गरी २०५५ असोज २५ गते मुस्ताङको मुक्तिनाथमा घोषणा गरेर नेपालका ग्रामीण भेगहरुमा गै प्रकृतिसँग साक्षात्कार गर्दै स्थलगत कविता लेखन, गोष्ठी र स्थानीयहरुलाईनै श्रवण गराउने, उत्प्रेरणा जगाउने, आफनो शैली निर्माण गर्न प्रेरित गर्ने उद्देश्यका साथ घोषित “सँरक्षण कविता आन्दोलन” लाई अन्तर्राष्ट्रियकरण गर्ने सवालमा सँरक्षण कविता आन्दोलन नेपालको मूल मर्म समायोजित हुने गरी यूरोपस्तरमा काव्यिक आन्दोलन कार्यक्रम सँचालन गर्नेगरी अनेसास बेल्जियमका निवर्तमान अध्यक्ष कवि दीपेन्द्र के.सी.को सँयोजकत्वमा  “सँरक्षण कविता आन्दोलन, यूरोप” को घोषणा गरिएको छ । सँरक्षण कविता आन्दोलनका प्रणेता एवँ सँयोजक बरिष्ठ साहित्यकार सरुभक्तले यहाँको बाङमयीय प्रवृत्ति र आन्दोलनको मर्मलाई सम्बोधन गर्दै आन्दोलनका अभियान अघि बढाउन के.सी.लाई हालै सँयोजक नियुक्त गर्नु भएको छ । यो आन्दोलनको उठानका लागि यूरोपका सक्रिय सर्जकहरुलाई आव्हान सँगै  सहयोगको अपेक्षा गरिएको छ ।   सँरक्षण आन्दोलनको घोषणापत्र यस प्रकार छ—१.सँरक्षण नै जीवन हो, जीवन नै सँरक्षण हो । २.आजको आवश्यकता ग्रामीणमुखी कविता सिर्जना हो , हामी शहरवजारमा बसेर गाउँको कविता रचना गर्ने युुगको अन्त्य चाहन्छौं । गाउँको कविता गाउँमै वसेर गाउँलेहरुकै लागि रचना गरिनु पर्छ । ३. कविताले ग्रामीण जनजीवनमा जागरणको शँखघोष गर्नु पर्छ । ५. नेपाली साहित्यमा शहरिया आन्दोलनहरु धेरै भए, अव हुने आन्दोलन गाउँघरबाट थालिनु पर्दछ । यो आन्दोलनका प्रणेता सरुभक्त र सम्बद्ध कविहरुमा हरिदेवी कोइराला, जे. अस्मिता, भूपिन व्याकुल, धन प्रसाद तामाङ, नवराज अधिकारी, सरस्वती श्रेष्ठ सरु, सुकुम शर्मा, रमेश श्रेष्ठ, पुष्प आचार्य, आदि हुनुहुन्छ ।
नेपाली परिवेशमा आन्दोलनको शुरुवात भएपनि नेपालीहरुको प्रवासमा बसाईसराईले अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषासाहित्य पनि स्थापित हुुदै गएको परिवेशमा त्यहाँको स्थानीय मौलिकतालाई सम्बोधन गर्दै आन्दोलनलाई अगाडी बढाइने सँयोजक के.सी.ले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.