कांग्रेसको ३८ जिल्लाका जिल्ला सभापति चयन

0

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत ३८ जिल्लाका जिल्ला सभापति चयन भएका छन् । जिल्ला अधिवेशन जारी रहेकाले भोलिसम्म अधिकांश जिल्ला सभापतिको निर्वाचन सम्पन्न हुने बताइएको छ । निर्वाचन स्थगित भएका जिल्लाहरुमा पनि आज र भोलि निर्वाचन गर्ने कार्यक्रम छ । भक्तपुर र रोल्पामा आज अधिवेशन हुने भएको छ । त्यसैगरी काठमाडौं जिल्ला अधिवेशनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । आगामी १० गतेभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसको १३ औं महाधिवेशन यही फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

Leave A Reply

Your email address will not be published.