माओवादी एकताका लागि आह्वान

0

काठमाडौं । विभिन्न समूहमा विभाजित माओवादी दलहरुलाई एकताबद्ध हुन ‘माओवादी एकता अभियान’ ले आह्वान गरेको छ । अभियानका तर्फबाट शान्ता श्रेष्ठ, प्रा डा गोपाल शिवाकोटी, दीपेन्द्र रोकाय, बोर्णबहादुर कार्की, अमन श्रेष्ठ, डा अष्टमान किसी महर्जनलगायतले आज संयुक्त वक्तव्य जारी गर्दै आगामी फागुन १ गते माओवादी जनयुद्ध दिवसको ऐतिहासिक अवसरलाई उपयोग गर्न माओवादी पार्टी सक्षम हुनेछन् भन्ने आशा व्यक्त गरिएको छ ।
विज्ञप्तिमा माओवादी आन्दोलन विभिन्न कारणले विभाजन हुँदै विघटनको अवस्थामा पुगेकाले माओवादी पार्टीबीच वैचारिक रुपमा एकता आवश्यक रहेकामा जोड दिइएको छ । अभियानले माघ १ देखि २० गतेसम्म माओवादीका शीर्ष नेतासँग भेटघाट र माघ २२ गते सबै दलका नेताको सहभागितामा अन्तक्र्रिया गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.