नेपाल जर्नीद्धारा अनिसालाई २ लाख ३५ हजार सहयोग

0

काठमाडौं । क्यान्सर पिडित अनिसा कुमाललाई अमेरिकामा बस्ने नेपालीहरुले २ लाख ३५ हजार रुपैया सहयोग गरेका छन् । विपन्न परिवारकी अनिसाको मुखबाट शुरु भएको क्यान्सरले कुरुप बन्दै गएपछि मौषमी श्रेष्ठ र बद्रि श्रेष्ठको सकृयतामा स्थापना भएको नेपाल जर्नीले सो रकम संकलन गरेर अनिसालाई सहयोग उपलब्ध गराएको हो । चितवन पुगेका हाँस्य कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले रकम हस्तान्त्रण गर्दै सहयोगदाताहरुलाई धन्यवाद दिए ।   नेपाल जर्नी अमेरिकामा रहेको गैर मुनाफी संस्था हो ।  नेपाल जर्नीले नेपाली बालबालिकाको स्वास्थ्य र शिक्षा सम्बन्धि काम गर्दै आएको छ ।  नेपाल जर्नीले अनिशाको सिघ्र स्वस्थको कामना गरेको छ । जर्नीले सम्पूर्ण सहयोगदाता प्रति  हार्दिक धन्यवाद ब्यक्त  गरेको छ ।
सुदीप ढुङन, सुश्मा चापागाई, उज्ज्वल सिंह, बिकास न्यौपाने लगायतले सो रकम संकलन गर्न सहयोग गरेका थिए ।
चितवनको नारायणगढमा  एक साँझ महजोडी सहभागि हुँदा दर्शक कार्यक्रम अबधिभर पेट मिचिमिनी हाँसे । उनीहरुको प्रदर्शन सन्देशमुलक हुने भएकाले पनि धेरैले मन पराउँछन् । आज शनिवार पनि उही मह जोडी (हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)  चितवनमा आएका थिए ।
आएका सर्वसाधारणहरु ती हँसाउने जोडीलाई भेट्न र तस्वीर लिन लालायित थिए । पाए उनीहरुको प्रहसन हेर्ने ईच्छा पनि थियो दर्शकको । भरतपुरमा स्थापना भएको मानवसेवा आश्रमको शाखा कार्यालय उद्घाटनका लागि महजोडी आएका हुन् ।
केही घण्टा आश्रम अगाडी विताएका उनीहरुले उद्घाटन पछि राजनीति र नाकाबन्दी सम्बन्धीका हास्यव्यांग्य मूलक गीतका केही अंश सुनाए उनीहरुका भाषण पनि व्यंग्य मुलक र सन्देश तथा चेतनामुलक थियो । तर यहाँ कोही पेट मिचेर हाँसेनन् । बरु सबै भावुक भए । मह जोडीले भावनामा बगाउने काम आश्रम उद्घाटन पछि गरे ।
हास्यकलाकार हरिबंश आचार्यले नाबाबन्दी सम्वन्धीको गीत ‘धन्यवाद छ, छिमेकी धन्यवाद छ है’ गाए । मदनकृष्ण श्रेष्ठले ‘यही मन भित्र बस्छ ईश्वर, यही मनभित्र बस्छ राक्षस’ भन्ने गीत गुनगुनाए ।
नेपाली समाज टेक्सासका सदस्यहरु कृष्ण लमिछने, कमल सापकोटा, कमल सत्यल,  सुमन थापा, डिवस थापा, सुमन थापा, बिदुर श्रेष्ठ, जुबिन राजभण्डारी, निलिमा बादे श्रेष्ठ, सन्तोश बिष्ट, प्रेम पाठक, सत्य थापा, सुदीप ढुङन, सुश्मा चापागाई, उज्ज्वल सिंह, बिकास न्यौपाने लगायतले सो रकम संकलन गर्न सहयोग गरेका थिए ।
आचार्यले मानवसेवा आश्रममा पस्दा तिर्थसथलमा पसेजस्तो भएको भन्दै खुलेरै प्रशंसा गरे । भगवानले गर्ने काम आश्रमले गरेको उनले बताए । आचार्यले सडकमा बेवारिसे बनेकाहरुको उद्धार र सहयोग गर्नु राज्यको दायित्व भएपनि राज्यको अनुपस्थितीमा मानवसेवा आश्रमले अग्रणि भूमिका खेलेकोमा प्रशंसा गरे । उनले नेपालमा राम्रो नेता नपाए पनि समाजसेवा गर्ने राम्रा मान्छेहरु भएको भन्दै खुसी व्यक्त गरे ।
हास्यकलाकार मदन कृष्ण श्रेष्ठले नेताहरुमा नकारात्मक शक्ति बढी भएको र जनतामा सकारात्मक शक्ति धेरै भएको भन्दै आगामी दिनमा सकारात्मक सोचमा अघि बढ्न राजनीतिकर्मीहरुलाई आग्रह गरे । श्रेष्ठले सामाजिक कार्य सबैभन्दा ठुलो कार्य भएको भन्दै मानवसेवा आश्रमले गरेको कामको प्रशंसा गरे । उनीहरुका भनाई एकत्रित भएर सुनिरहेका दर्शक भावुक भए । मानविय सेवामा उत्प्रेरणा जगाउने काम उनीहरुबाट भयो । कार्यक्रममा स्काउटका विद्यार्थी र बालबालिकाले विभिन्न प्रस्तुती देखाएका थिए ।

Donors:
1.बद्री / मौसमी श्रेष्ठ(ने. ज.कार्यकारी वोर्ड सदस्य )  $200
2.शावन श्रेष्ठ (ने.ज.कार्यकारी वोर्ड सदस्य) $100
3. सबिन श्रेष्ठ/अन्जली मल्ल(ने.ज. कार्यकारी वोर्ड सदस्य) $25
4. एनोनिसमाउस $20
5. राज छत्कुली $30
6. दुर्गा रमेश आचार्य सनी $20
7. हाम्रो टेक्सास डोनेटेट $20
8. शिव गौतम $40
9. अन्नामरी अल्दन $20
10. एनोनिमाउस $40
11. निकोलस लाल  $25
12.पारस भट्टराई$100
13. उशा हुमागांई$100
14.सोम चौधरी $20
15.  प्रबिन आर घिमीरे$100
16.  भोज न्यौपाने$20
17.सुशिल क्षेत्री $ 50
18.ईन्द्र वाग्ले $100
19.भानु खरेल $50
20.डा. एनगो एनगुयन $200
21. अनुप श्रेष्ठ $30
22.  एनएसटी कार्यकारी वोर्ड सदस्य ( कृष्ण लामिछाने, कमल सिपकोटा, कमल सत्याल, सुमन थापा, दिवस थापा , सुमन थापा ,  बिदुर श्रेष्ठ, जुबिन राज भन्डारी,  निलिमा बडे श्रेष्ठ, सन्तोष बिस्ट, प्रेम पाठक, सत्य थापा, सुदीप ढुंगाना , सुष्मा चापागाई ,  उज्वल सिंह , बिकाश राज न्यौपाने) # $300
23. स्नेहा श्रृस्टी(पिग्गी बैंक बाट) $100
24.केशव रेग्मी $10
25.प्रमोद श्रेष्ठ $50
26.सूमन कु क्षेत्री $10
27.  बिकाश शाह $25.00
28. शुभम बिस्ट $25.00
29. दिना नाथ/ऊमा न्यौपाने $20
30.पारस/माया चौधरी  $20
31.प्रेम प्रकाश $20
32. सुमिरा रिमाल$50
33. भुवन आचार्य$100
35. बरजिन बस्नेत र परिवार $65
36.एल्सा बेर्हे $20
37.डा. सेरेना वांग $60
38. प्राप्ति पोखरेल$30
39. किशन पिया $50

चितवनबाट सिर्जना अर्यालको रिर्पोट

Leave A Reply

Your email address will not be published.