नेता आचार्यको फिजियोथेरापीबाट उपचार गरिँदै

0

काठमाडौं । मस्तिष्कघात भइ राजधानीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत् नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री नरहरि आचार्यको स्वास्थ्यमा क्रमशः सुधार आएको छ । आचार्यलाई बुधबार रातिदेखि मुखबाट झोलपदार्थ खुवाउन थालिएको अस्पताललले जनाएको छ । अहिले आचार्यको रक्तचाप नियन्त्रणमा रहेको तथा प्यारालाइसिस भएको शरीरको दायाँ भागलाई सामान्य अवस्थामा फर्काउन विहीबार (आज)देखि फिजियोथेरापीसमेत सुरु गरिएको छ ।
आचार्यका सहयोगी कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका सदस्य रामचन्द्र घिमिरेकाअनुसार उनी अहिले होसमा आएका छन् । चिकित्सकहरुले आचार्यलाई निगरानीमा राखेर उपचार गराइराखेको र उच्च रक्तचापका कारण मस्तिष्कको नसा फुटेर जमेको रगतको थेग्लो पनि विस्तारै सानो हुँदै गएको अस्पतालले विहीबार बिहान १० बजे जारी गरेको मेडिकल बुलेलिटनमा उल्लेख छ ।
पार्टी सभापति सुशील कोइरालाको निधनलगत्तै कोइराला निवास पुगेका आचार्यलाई गत मंगलबार बिहान एक्कासि अप्ठेरो भएपछि अस्पताल पुर्‍याइएको थियो ।

Leave A Reply

Your email address will not be published.