काँग्रेसले तेह्र दिनसम्म पार्टीका कुनै कार्यक्रम नगर्ने

0

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्र्दै १३ दिनसम्म पार्टीका कुनै पनि कार्यक्रम आयोजना नगर्ने र तीन दिनसम्म देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज बसेको आकस्मिक बैठकले १३ औँ दिनको पुण्यतिथिका दिन केन्द्रसहित देशभरका काँग्रेस कार्यालयमा शोकसभा गर्ने काँग्रेसले जनाएको छ । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै काँगे्रसका महामन्त्री प्रकाशमान सिंहले परिवारको सहमति भएमा नेता कोइरालाको पार्थिव शरीरलाई विद्युतीय शवदह गृहमा अन्येष्टि गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार आज मध्याह्न १२ बजेदेखि दशरथ रङ्गशाला र बुधबार अपराह्न २ बजेपछि रङ्गशालाबाट शवयात्रा गरी पशुपतिआर्यघाटमा अन्येष्टि गरिने छ ।
बैठकले पार्टीका अन्य गतिविधि नगरिए पनि पार्टीको जारी महाधिवेशनको सन्दर्भमा फागुन १ गतेदेखि निर्वाचनका कार्यक्रमलाई निरन्तरता दिइने निर्णय गरेको केन्द्रीय सदस्य गगनकुमार थापाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.