मोर्चाद्वारा नाका अवरोध र आमहडताल स्थगित

0

भक्तपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी आन्दोलनका घोषित कार्यक्रममध्ये आमहडताल, नाका अवरोध र सरकारी कार्यालय बन्दका कार्यक्रम तत्कालका लागि स्थगन गरेको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुर निवासमा बसेको मोर्चाको आज बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने यथावत् नै रहने जनाएको छ । वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्वारा प्राप्त सुझावलाई ध्यानमा राख्दै मोर्चाले उक्त निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.