माइक्रोबस बस दुर्घटनामा नौको मृत्यु

0

त्रिशूली । काठमाडौँबाट त्रिशूलीतर्फ आउँदै गरेको बा १ ज ७५८३ नंको माइक्रोबस पासाङल्हामु राजमार्गको मदानपुर–८ केउरिनीमा आज दिउँसो दुर्घटना हँुदा नौ जनाको ज्यान गएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।
क्षमताभन्दा बढी यात्रु सवार माइक्रोबस सडकदेखि २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक बेलकोट–२ घर भएका २२ वर्षीय दामोदर कँडेल, त्रिशूली सैन्य तालिम केन्द्रमा तालिम लिइरहेका सैनिक रिक्रुट सन्तोष बोगटी, ईश्वर कार्की, यशोदा कार्की र पदम राईको नाम खुलेको छ । ठेगाना र उमेर प्रहरीले खुलाएको छैन । बाँकी मृतकको सनाखत हुननसकेको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
दुर्घटनास्थलमा आठ जना र एक जनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । घाइते पाँच जनालाई हेलिकप्टरबाट राजधानीमा उपचार गर्न लगिएको छ । दश जना घाइतेलाई बसबाट राजधानी लगिएको छ । घाइतेको ट्रमा सेन्टर र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.