यस्तो छ कांग्रेसको नीति तथा कार्यक्रम

0

काठमाडौं । नेपाली कांग्रेसले १३ औं महाधिवेशनमा प्रस्तुत् गर्ने नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी थालेको छ । नयाँ संविधान कार्यान्वयनलाई प्रमुख प्राथमिकता राख्दै कांग्रेसले आगामी महाधिवेशनको नारा ‘नयाँ संविधानले ल्याएको परिवर्तन ग्रहण गरौं, परिवर्तनलाई व्यवहारमा उतार्ने नेतृत्व गरौं’ भन्ने तय गर्न लागेको छ ।
यसअघि महाधिवेशनमा मात्र प्रस्तुत गरिने राजनीतिक दस्तावेजलाई यस पटक भने कांग्रेसले पहिल्यै स्थानीय तहसम्म पठाउने तयारी गरेको छ । उपसभापति रामचन्द्र पौडेल नेतृत्वको नीति तथा कार्यक्रम लेखन समितिले प्रतिवेदनलाई अन्तिम रुप दिएर माघ अन्तिम साता नै जिल्ला पठाउने तयारी गरेको हो ।
राजनीतिक प्रतिवेदनमा कांग्रेसले अबको मुख्य कार्यभार संविधान कार्यान्वनलाई बनाएको छ । संविधानले दिएका अधिकारलाई जनस्तरबाट कार्यान्वयन गराउने संकल्प कांग्रेसको छ ।
नीति तथा कार्यक्रम लेखन समितिका संयोजक उपसभापति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनलाई नै जोड दिएर मुख्य नारा तय गरिने बताए । राजनीतिक दस्तावेजमा संविधानमा नै प्रजातान्त्रिक समाजवाद शब्द लेखाउन सक्नु कांग्रेस गठन याताकै ठुलो उपलब्धीका रुपमा लिइएको छ । कांग्रेसले आफ्नो स्थापना कालदेखी नै आदर्शका रुपमा मान्दै आएको समाजवादलाई संविधानमा नै उल्लेख गराएर जान सक्नु कांग्रेसीका लागि ठूलो उपलब्धी भएको पौडेल ठान्छन् ।

Leave A Reply

Your email address will not be published.