तीनमहिना नबित्दै दीपेन्द्रको ज्यान गयो

0

साउदी अरब । धन कमाउने मीठो सपनासँगै उज्वल भविष्यको खोजीमा रोजगारीकालागि साउदी अरब आएका एक नेपालीको स्वचालित ढोकाले च्यापिएर मृत्यु भएको छ ।
धनुषा, रमदैयाका २५ वर्षीय दीपेन्द्र यादवको साउदी अरब आएको तीन महिना नबित्दै स्वचालित ढोकाले च्यापिएर ज्यान गएको हो । अघिल्लो आइतबार ढोकाले च्यापिएर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा सोमबार मृत्यु भएको लखिन्द्र यादवले बताउनुभयो । लखिन्द्रका अनुसार मृतक यादवको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो । होटेल सञ्चालकले स्वचालित ढोकाले च्यापिएर यादवको मृत्यु भएको भनेपनि घटना शङ्कास्पद रहेको उनको भनाइ छ ।
यादव साउदीको इस्टर्न वर्क्स अपरेसन सप्लाई कम्पनीमार्फत खोबारस्थित मुभेनपिक होटेलमा कार्यरत थिए । उनी गत मङ्सिर १ गते विजय ओभरसिज काठमाडौँमार्फत साउदी आएका थिए । यादवको शव खोबारस्थित अलमना अस्पतालमा राखिएको छ । उनको मृत्यु भएको खबर परिवारलाई जानकारी गराइएको लखिन्द्रले बताउनुभयो । यादवको परिवारमा वृद्ध बुबाआमा, एक श्रीमती र ६ महिनाको एक छोरा रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.