काँगे्रस नेता निधिको घरमा आगजनी

0

जनकपुरधाम । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाली काँगे्रसका नेता विमलेन्द्र निधिको जनकपुर मिल्स एरियास्थित घरमा आगजनी गरेका छन् । काँगे्रस नेताले मधेसको माग विपरीत क्रियाकलाप गरिरहेको भन्दै मोर्चाका कार्यकर्ताले तीन दिनदेखि काँगे्रसका नेताविरुद्ध विरोधका कार्यक्रम गर्दै आएका छन् ।
काँग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाको आवासलाई लक्षित गरी भएको विरोध कार्यक्रमका क्रममा प्रहरी र आन्दोलनकारी झडप भएपछि आक्रोशित भीडले निधिको घरमा आगजनी गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आगजनीबाट घरमा राखिएको एउटा मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ । यसैबीच, मोर्चाले आज जनकपुर क्षेत्र बन्द गरी चोकचोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.