संविधान संशोधनको भारतद्वारा स्वागत होइन, ‘सम्मान’

0

काठमाण्डौ । मधेस आन्दोलनको माग बमोजिम नेपालको ब्यवस्थापिका संसदले संविधानमा हिजो गरेको पहिलो संशोधनलाई भारतले ‘सम्मान’ गरेको टिप्पणी गरेको छ । भारतीय बिदेश मन्त्रालयले आज बिज्ञप्ति जारी गर्दै संविधान संशोधनप्रति सकरात्मक टिप्पणी गरेको हो । ‘हिजो नेपालको संसदले पास परेको दुई संशोधनलाई सकरात्मक विकासको रुपमा हामी सम्मान गर्दछौं’ जम्मा दुई लाइनको बिज्ञप्तिमा बिदेश मन्त्रालयका प्रवक्ताले भनेका छन-‘आगामी दिनमा अन्य मुद्दाहरु पनि यसैगरी सकारात्मक रुपमा सम्बोधन हुनेमा विश्वास लिएका छौं ।’ बिज्ञप्तिमा कहीँ पनि स्वागत अर्थात् वेलकम भन्ने शब्द प्रयोग गरिएको छैन ।

Leave A Reply

Your email address will not be published.