शित लहरले तराईमा दुईको मृत्यु

0

महेन्द्रनगर । शीतलहरसँगै बढेको जाडोका कारण दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार शनिबार जाडोको कारण एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–४ का अन्दाजी ५५ वर्षीय नाम नखुलेका एक पुरुषको जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ भने दुवरकोट–७ मङ्ग्रामटोलस्थित चोराकोयलपुर गाविस चिरैया मतौना बस्ने वर्ष ५० वर्षीय जीवछीदेवी यादवको मत्यु भएको छ ।  मृतकहरुको शव हाल जनकपुर अञ्चल अस्पतालमा शव परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.