वैदेशिक रोजगारीबाट फर्केकामा प्राणघातक रोग

0

पाँचथर । जनसचेतना कार्यक्रम सञ्चालन गरिएपनि वैदेशिक रोजगारीबाट फर्कनेहरूमा एचआईभी एड्स सङ्क्रमित हुने क्रम रोकिएकोे छैन । गत साउन यता छ महिनाको अवधिमा पाँच जनामा ‘एचआईभी पोजेटिभ’ देखिएको र उनीहरु सबै वैदेशिक रोजगारबाट फर्केकाहरु रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
एकातिर वैदेशिक रोजगारले घरबार बिग्रिने समस्या बिकराल बन्दै गइरहेको बेला प्राणघातक रोगबाट सङ्क्रमित भएर आउने युवायुवतीको सङ्ख्या पनि बढ्नुले सामाजिक असुरक्षा देखिएको छ । एक दशक अघिसम्मका जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा वर्ष भरीमा एक÷दुई जना मात्रै सङ्क्रमित थिए ।
कार्यालयका एचआईभी एड्स कार्यक्रमका संयोजक ओमप्रकाश यादवले सङ्क्रमित सबैलाई परामर्शपछि काठमाडौँ पठाइएको बताउनुभयो । यादवका अनुसार सेन्टरबाट सङ्क्रमितले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दै बाँच्ने अवधि केही बढाउने खालका औषधि नियमित सेवन गरिरहेका छन् । तर दुर्गम पहाडी जिल्लामा यसरी एचआईभी सङ्क्रमित बढ्दै जाँदा वैदेशिक रोजगारीमा जाने युवायुतवीलाई यसबारे सचेनतासम्म जगाइएको पाइँदैन ।

Leave A Reply

Your email address will not be published.