प्रहरीद्वारा दुई बालकको हत्या गर्नेलाई सार्वजनिक

0

तम्घास । गुल्मीको हाडहाडे गाविसमा दुई बालकको हत्या गरेकी सौतेनी आमालाई प्रहरीले सार्वजनिक गरेको छ । गत बुधबार करेन्ट लागेर मृत्यु भएका भनिएका ती बालकको सौतेनी आमाले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले पत्रकार सम्मेलनमार्फत प्रारम्भिक अनुसन्धानका क्रममा हाडहाडे–९ ढिकीचौरकी २५ वर्षीय शान्ता पुनले सात वर्षीय बालक विवेक पुन र पाँच वर्षीय बालक विक्रम पुनको हत्या गरेको जानकारी दिनुभएको छ ।
उनले प्रहरीमा आफूले सौतेला छोराहरुलाई योजनाबद्ध तरिकाले हत्या गरेको बताएकी छन् । श्रीमान् नरेन्द्र विदेशमा रहेको मौकामा सौतेनी आमाले ती बालकको हत्या गरेकी हुन् । प्रहरीले अहिले उनलाई कर्तव्य ज्यान मुद्धामा अनुसन्धान गरिरहेको छ ।
तीन वर्षअघि पहिलो श्रीमती पोइल गएपछि नरेन्द्रले उनलाई बिहे गरेर ल्याएका थिए । उनले तीन महिनादेखि बच्चाको हत्या योजना बनाएको बताएकी छन् । उनले माघ ५ गते बिहान खानामा विष हालेर दिएको र सोही राति ९ बजे मरेको तथा कान्छोलाई ६ गते बिहानै ४ बजे घाँटी थिचेर मारेको बयान दिएकी छन् ।
प्रहरी सहायक निरीक्षक सत्य यादवका अनुसार उनले प्रहरी बयानमा घरमा बस्ने वातावरण नभएको र ससुरालगायतका परिवारका अरु सदस्यले दिनदिनै कचकच गरेपछि छोराहरुको हत्या गरेको पनि बताएकी छन् ।
दुई सौतेला छोराहरुको हत्या गरेकी उनको साथमा आफँैले जन्माएको एक छोरी छन् ।

Leave A Reply

Your email address will not be published.