प्याकेजमै सहमति खोज्ने पाँच दलको निर्णय

0

काठमाडौं । प्रमुख तीनसहित पाँच राजनीतिक दलका शीर्ष नेताहरुले मधेसी मोर्चासम्बद्ध दलहरुका शीर्ष नेताहरुसँग छलफल गरी निकास खोज्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले विहीबार (भोलि)बिहान मोर्चाका नेताहरुसँग छलफल गरी माघ ९ गतेभित्र प्याकेजमै सहमति खोज्ने निर्णय गरेको गरेको नेताहरुले बताएका छन् ।
मोर्चासँग सहमति नभए तीन पार्टीको कार्यदलले परिमार्जन गरेको संविधान संशोधन प्रस्तावलाई अघि बढाउने निष्कर्षमा पनि शीर्ष नेताहरु पुगेका छन् । तीन दलको कार्यदल र मधेसी मोर्चाको कार्यदलले सहमतिको बाटो पहिल्याउन नसकेपछि शीर्ष तहमै वार्ता गर्नुपर्ने अवस्था आएको हो ।

Leave A Reply

Your email address will not be published.