ताइवानको बजार मेलामा नेपाली व्यवसायी

0

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धन र हस्तकलासहितका सामग्रीको बजार प्रवद्र्धन गर्ने अभिप्रायले यहाँका पर्यटन व्यवसायीले ताइवानमा हुने ‘ताइवानी नयाँ वर्ष बजार मेला’मा सहभागी हुने भएका छन् । यही माघ ७ देखि ११ गतेसम्म हुने सो मेलामा नेपालका आठ पर्यटन व्यवसायी पहिलो पटक सहभागी हुन लागेका हुन् । चौध देशका व्यवसायी सहभागी हुने सो मेलामा रहने हजारमध्ये चार कक्षमा नेपालमा उत्पादित वस्तु र पर्यटन प्रवद्र्धनका सामग्री रहनेछन् ।
ताइवानको नयाँ वर्षका अवसरमा प्रत्येक वर्ष हुने सो मेलामा पस्मिना, मिथिला कला, थाङ्का, चिया, कफी, अदुवा र बेसारका धुलो सहितका नेपालमा उत्पादित सामग्री मेलामा राखिने एभरेस्ट यार्ड एक्सपोर्ट नेपालका टङ्कबहादुर पुरीले बताउनुभयो ।
मेलामा सहभागिताका लागि ताइवानबाट नेपाल आएर पर्यटन व्यवसायमा संलग्न ह्याप्पी बबल क्याफेका प्रबन्धक निर्देशक एवम गाइड बुक लेखक वे जु वेले नेपालमा उत्पादित वस्तुको बजारीकरण र नेपालको पर्यटन प्रवद्र्धनमा यो सहभागिताले महत्वपूर्ण योगदान पु¥याउने राससलाई बताउनुभयो ।
उहाँले सो मेलामा ताइवानी स्वयम्सेवक परिचालन गरी प्रचारात्मक कार्य र ताइवानी व्यापारीसँग नेपाली पर्यटन व्यवसायीको अन्तक्र्रिया कार्यक्रम समेत आयोजना गरिने बताउनुभयो । नेपाल पर्यटन बोर्डबाट उपलब्ध पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री समेत सो मेलामा वितरण गरिनेछ ।
मेलामा एपिएस माला टे«डरका सागर लामा र दिया लामा, अल्पाइन एसियन टे«कस एन्ड एक्सपिडिसनका शेखर थापा, कसमस भिजन कंका सुशील भट्ट र शिव अधिकारी, एभरेस्ट यार्ड एक्सपोर्टका पुरी, त्रिशूली एक्सपोर्ट प्रालिका टीकाराम नेपाल लगायत सहभागी हुनुहुनेछ । नेपालबाट यसअघि ताइवानमा पस्मिना र हस्तकलाका सामग्री निर्यात हुने गरेको थियो ।

Leave A Reply

Your email address will not be published.