आज संसद बैठक बस्ने

0

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक आज(मंगलबार) बस्दै छ । संसद् भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा केही विधेयकमाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा खुला विश्वविद्यालय, कर्मचारी सञ्चयकोषसम्बन्धी पेश भएका विधेयकमाथि सैद्धान्तिक छलफल हुने सचिवालयले जनाएको छ । आजको बैठकमा संविधान संशोधन प्रक्रियालाई अघि बढाउने या नबढाउने विषयमा भने टुंगो लागिसकेको छैन । सभामुख ओनसरी घर्तीले संसद् बैठकअघि प्रमुख दलका शीर्ष नेतासँग परामर्श गरेपछि मात्र यसको टुंगो लाग्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.