काँग्रेसको नेतृत्व दोस्रो पुस्तामा : सुजाता

0

अर्घाखाँची । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउन अबको नेतृत्व दोस्रो पुस्तामा जानुपर्ने बताउनुभएको छ । पार्टीमा शीर्ष नेताहरुले भागबन्डाको राजनीति गरेकाले काँग्रेसमा समस्या उत्पन्न भएको बताउँदै उहाँले पार्टीलाई एक ढिक्का बनाएर हाँक्न युवा पुस्तामा नेतृत्व आवश्यक रहेकामा जोड दिनुभयो । ६० र ४० को भागबन्डाका कारण काँग्रेस अगाडि बढ्न नसकेको र यसको असर भातृ सङ्गठनहरुको समेत अविधेशन हुन नसकेको उहाँको टिप्पणी थियो ।
बिपी स्मृति भवन सन्धिखर्कमा काँग्रेसका अगुवा कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै महिला नेत्री कोइरालाले आफू कुन पदमा उठ्ने भन्ने अझै निर्णय गरिनसकेको र कार्यकर्तासँग भेट गरेर मात्र आफ्नो उम्मेद्वारीको घोषणा गर्नेसमेत बताउनुभयो । कार्यक्रम काँग्रेस अर्घाखाँचीका उपसभापति हरिहर आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव वासुदेव आचार्यले पार्टीलाई नयाँ ढङ्गबाट सञ्चालन गरेर लैजानुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.