सीमांकन र सेनामा कसरी सहमति हुन्छ ?

0

काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका माग सम्बोधनका लागि तयार देखिएका छन् । बिहीबार बसेको प्रमुख तीन दलको बैठकले सीमांकनसहित मधेसी मोर्चाले उठाएको राष्ट्रियसभा सदस्य चयन प्रक्रिया, भाषा, नागरिकता, सेनामा समावेशीकरणलगायतका मुद्दामा साझा धारणा बनाएर शनिबारसम्ममा पेश गर्न कार्यदललाई निर्देशन दिएको छ ।
गत भदौदेखि निरन्तर आन्दोलन गर्दै आएको मधेसी मोर्चा अघिल्लो सातामात्र कार्यदल बनाएर सबै विषयमा छलफल गर्न तयार भएको थियो । प्रमुख तीन दल र मोर्चाका तर्फबाट पनि सहभागिता गराएर सानो समूहमा गहन छलफल गर्ने भन्दै कार्यदल त बन्यो । तर, त्यो कार्यदलले आजसम्म ठोस निश्कर्ष निकाल्न सकेन । केही दिनयता त कार्यदलको बैठकसमेत बस्न सकेको छैन, सहमति त टाढाको कुरा ।
अहिले पनि मोर्चाले उठाएका मागमा सहमतिको स्पस्ट खाका तयार भइसकेको छैन । नागरिकता, भाषा, सीमांकन, सेनामा समावेशीकरणको मुद्दा, संसदमा विचाराधीन अवस्थामा रहेको संविधान संशोधन, राष्ट्रियसभामा प्रतिनिधित्वको विषयमा तीन दलको धारणा विगतमाभन्दा केही परिवर्तन भएको बिहीबारको बैठकपछि कार्यदल सदस्यसमेत रहेका कांग्रेस नेता महेश आचार्यको भनाइबाट पुष्टि हुन्छ ।

Leave A Reply

Your email address will not be published.