बेल्जियममा मेलमिलाप दिवस

0

बेल्जियम । अाफुलाई पंचायती सरकार र दरबारबाट म्रित्युदण्डको सजाय हुन सक्ने लगभग निष्चित रहेको अवस्थामा पनि प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गरेको बदलामा नेपाललाई अौपनिबेशिक राज्य बनाउने छिमेकीको चाहना बुझेर राष्ट्रिय शक्ती ( राजा , जनता, प्रजातान्त्रिक पार्टीहरु ) मिलेर मात्र देश बचाउन सकिन्छ भनि राष्ट्रिय मेलमिलापको आह्वान गरेर जननायक बिपी कोइराला भारतबाट नेपाल फर्किनु भएको दिनलाई राष्ट्रिय एकता र मेलमिलापको दिवसको रुपमा नेपाली जन संपर्क समिती बेल्जियमले एक कार्यक्रमको आयोजना गरी मनाएकोछ ।

आधुनिक नेपालको परिकल्पनाकार बिपी कोइरालाको यो अभियानले नै २०३६को जनमत संग्रह र २०४६ सालको जनआन्दोलन र प्रजातन्त्रको पुनर्बहाली सम्भब भएको थियो ।
उक्त कार्यक्रमका संयोजक एबम नेपाली काङ्रेसका महसमिती सदस्य ईन्द्र क्षेत्री पकवानले सम्पूर्ण अतिथिहरुलाई कार्यक्रममा स्वागत गर्दै बीपीले २०३३ साल पुष १६ गते मेलमिलापको नीति लिएर नेपाल फर्कनुको कारण प्रकास पार्दै  संकटको घडीमा राष्ट्रीयता र स्वाभिमानको रक्षार्थ स्व. कोईरालाले लिएको मेलमिलाप निती आजको विषम परिस्थितिमा पनि उतिकै अपरिहार्य रहेको कुरा अवगत गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथिको आसन बाट बोल्दै नेपाली जनसम्पर्क समिति समन्वय परिषद यूरोपका कार्यबiहक अध्यक्ष पूर्ण हमालले बर्तमान नेपालको राजनैतिक परिस्थितिमा नेपाली काँग्रेस लगाएत सम्पूर्ण राजनैतिक पार्टीहरुले  देशको हितमा मिलमिलापको नीतिअनुसार  अगाडी बढ्नु पर्ने बेला आएको बताउदै  सबैलाई एकजुट हुन् आग्रह गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका नेजस बेल्जियमका अध्यक्ष सुभाष जोशीले बीपीको मेलमिलाप नीति कांग्रेसले आन्तरिक रुपमा अङ्गीकार गर्नु पर्ने बेला आएको र आफुले पनि संगठन सुद्रिधिकरणका निमित्त सदैव आफ्ना अग्रजहरुको राय सल्लाह लिएर बढेको र आगामी दिनमा यस्ता मेलमिलापको कार्यक्रमले सबैमा प्रेरणा मिल्ने बताए ।

यसै गरि विशिष्ट अतिथि को रुपमा एनआरएनए बेल्जियमका अध्यक्ष तथा जनसम्पर्क समिति बेल्जियमका निबर्तमान अध्यक्ष गंगाधर गौतमले नेपालमा हालै देखा परेको राजनैतिक संकटमा डायस्फोरामा रहेका सम्पूर्ण नेपालीहरु राष्ट्र राष्ट्रीयताको सवालमा मेलमिलापको नीति आत्मसाथ गरि जिम्मेवार भएर सोच्नु पर्ने कुरा प्रष्ट्याएका थिए ।
कार्यक्रममा नेजस बेल्जियमका संस्थापक अध्यक्ष्य ध्रुबराज पौडेल, सदस्य सीता सापकोटा, नेजस नेदरल्याण्ड का बरिष्ट सल्लाहकार हरि पौड्याल तथा नेजस ईटाली का अध्यक्ष रमेश राज लामिछानेले मेलमिलापको नीति बर्तमान परिस्थितिमा पनि उत्तिकै सान्दर्विक रहेले संगठन पार्टी सुद्रिधिकरणको लागी मेमिलापको नीति आवश्यक रहेको बताएका थिए ।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद सदस्य जानकी गुरुङ, प्रवासी नेपाली एकता समाजका दिपेन्द्र के सी, नेपाली जनप्रगतिशील मोर्चाका कुल मगर,अनेसास बेल्जियम च्याप्टर का अध्यक्ष दिपक ज्योति पौडेल, लुम्बिनी कपिलवस्तु अभियानका दामोदर आचार्य, नेजस बेल्जियमका सल्लाहकार गोबिन्द सुवेदीले मेलमिलापको बारेमा सबैमा एकताको खाचो औलाउदै नया बर्षको शुभकामना  व्यक्त गरेका थिए ।
अङ्रेजी नयाँ बर्षको शुभकाना आदान प्रदान गरिएको उक्त कार्यक्रमको सन्चालन संगठनका महामन्त्री चिनिया  दुवालले गर्नु भएको थियो भने बरिश्ठ उपाध्यक्ष कृष्ण शाहीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.