प्रहरी भन्दै लुटपाट गर्ने पक्राउ

0

पोखरा । आफूलाई सादा पोसाकमा काम गर्ने “अनुसन्धान विभागको प्रहरी हुँ” भन्दै लुटपाट गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको छ । गत मङ्सीर ११ गते पोखराको लभ्ली डाँडामा घुम्न गएका दुई युवालाई डर धम्की दिई उनीहरुका साथमा रहेको आइफोन र रु तीन हजार लुटी फरार डोरप्रसाद मगरलाई विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीबाट जबर्जस्ती चोरी मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.