आज संसद बैठक, मोर्चासँग सहमति जुट्नसक्ने

0

काठमाडौं । संसदमा विचाराधीन नेपालको संविधान २०७२ पहिलो संशोधन विधेयकमाथि आज आइतबार छलफल सकाइँदै छ । गत विहिवार नैं विधेयकमाथिको छलफल सकाउने कार्यसूची रहेपनि प्रधानमन्त्री केपी ओलीलगायतका शीर्ष नेता राजधानी बाहिर रहेकोले छलफल आज सकाउन लागिएको हो ।
आज ११ बस्ने संसद बैठक बस्नु अगाडि मूख्य दलहरुले मधेसी मोर्चाका नेतासँग छलफल पनि गर्ने कार्यक्रम तय गरिएको छ । आज मधेसी मोर्चाका नेतासँग सहमति जुटाएरै छाड्ने अठोटमा मूख्य दलका नेता रहेका छन् । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासँग आजसम्म सहमति जुट्ने दाबी गरेका छन् । समावेशी समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणलगायतका विषयमा मोर्चा सहमति नजिक पुगेको र सीमांकनको विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाई आयोगमार्फत् तीन महिनाभित्र राजनीतिक सहमतिका आधारमा काम गर्न सकिने तयारी दलहरुको छ ।

Leave A Reply

Your email address will not be published.