बेल्जियममा किराँत उधौली चासोक तङ्गनाम सम्पन्न (फोटो फिचरसहित)

0

ब्रुज बेल्जियम । बेल्जियमको पर्यटकिय सहर ब्रुजमा संयुक्त किराँत समाज बेल्जियमलेंं नेपालि “किराँती चाड उधौली २०१५ चासोक तङ्गनाम” यसै हप्ता धुमधामका साथ मनाएका छन।नेपालबाट पाल्नु भएका अग्रज अतिथि टेक बहादुर काङ्गबाङ् लिम्बु र सम्रोती फेम्बू लिम्बुले संयुक्त रूपमा  किराँती चाडको द्विप प्रज्वलन गरि उदघाटन गर्नुभएको थियो । समाजका अध्यक्ष मुना राईको सभापतित्वमा बिभिन्न सामाजिक संघसंथाका विशिष्ट ब्याक्तिहरुको उपस्थिति सहित भब्यरुपमा कार्यक्रम सम्पन्न गरेको हो । पुर्खाहरुको गहन अध्ययन, अनुसन्धान, मेहनत र अनुभबबाट शृष्टि गरिएको संस्कृति परमपराहरुलाइ सभ्य र असल तरिकाले जिउने आधार मानेर परदेशी भूमिको व्यस्तता र बाध्यताको बाबजुद पनि आफ्ना संस्कार, संस्कृति र पहिचानको महत्वमा जागरुक सचेत किराँती जनसमुदाय र गैर किराँत जनसमुदायको उक्त कार्यक्रममा  बाक्लो उपस्थिति रहेको थियो ।

FullSizeRender(1)

त्यसैगरि कार्यक्रममा उपस्थित मान्यजनहरु एनआरएनका कमल पन्थी , एभरेष्ट समाज ब्रुजका महासचिब कमल सिटौला , बेलायतबाट पाल्नु भएका अतिथि कवियत्री जानु काङ्गबाङ्ग लिम्बु र किरात समाजको सदस्य एवं नेपाल पत्रकार महासंघ युरोप शाखाले अध्यक्ष केजिन राई लगायत थुप्रै महानुभाबहरुले किराँत उधौली चाडको शुभकामना मनतब्य दिनुभएको थियो ।  कार्यक्रममा संस्थाकै बरिष्ठ उपाध्यक्ष बिमल सुब्बाले उपस्थित सबै पाहुनाहरुलाई स्वागत मन्तब्य दिदै हार्दिक स्वागत गर्नुभएको थियो भने संस्थाकै सल्लाहकार माकुना राई र डम्बर लिम्बुले कार्यक्रम संचालन गर्नु भएको थियो ।

FullSizeRender(2)

सदस्य मणि कुमार राईले चासोक तंगनाम , साकेला  , फोलस्यादर बारे प्रकाश पारेको उक्त कार्यक्रममा किराँती कलाकारहरु शुशिला लिम्बू , सुनिता लिम्बू , रजिना लिम्बू , अञ्जना लिम्बू , शृजना लिम्बू , खगेन लिम्बू , लोकेन लिम्बू ,निश्चल लिम्बू , निशान लिम्बू , प्रताप लिम्बू , गङ्गा लिम्बू , निकिता लिम्बू , स्मिता राई शोभा लिम्बू , पूर्ण लिम्बू काङ्गबाङ्ग र मणि राईले बिभिन्न किराँती नृत्य साकेला , च्याब्रुङ्ग , धाननाचका साथै अन्य बिबिध नृत्यहरु प्रस्तुत गरि भरपुर मनोरंजन गराउनुको साथसाथै थरिथरिका नेपालि स्वादिष्ट भोजन र प्याय पदार्थ निशुल्क प्रदान गरि भब्य रात्रि भोजको ब्यबस्था गरेको थियो ।  रात्रि भोज पछि घन्टौ सम्म सामुहिक नृत्यमा बेल्जियमबासी किरातीहरू रमेका थिए ।

FullSizeRender

IMG_7818

मणि राई / इन्दिरा चाम्लिंग राई

Leave A Reply

Your email address will not be published.