मोदीले बोलाए प्रधानमन्त्री ओलीलाई

0

काठमाडौं ।  प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । गृहजिल्ला झापामा रहेका ओलीलाई मोदीले विहीबार विहान टेलिफोन गरेका थिए । उनीहरुबीच आपूर्ति ब्यवस्था सहज बनाउने र संविधान संशोधन प्रक्रियामा सबै पक्षलाई समेट्ने लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीका विदेश मामिला विज्ञ गोपाल खनालले जानकारी दिए ।
त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएका दिए । जवाफमा प्रधानमन्त्री ओलीले नेपालको असहज अवस्था अन्त्य हुनासाथ आफु भारत भ्रमणमा जाने बताएका थिए । आफुले भारतसँग मित्रवत सम्बन्ध चाहेको भन्दै ओलीले आपूर्ति ब्यवस्था सहज बनाइदिन मोदीलाई आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले वीरगञ्जबाहेकका अन्य नाकाहरु सुचारु रहेको भन्दै नेपाली नेताहरुले आन्तरिक रुपमा सहमति खोज्नासाथ वीरगञ्ज नाका पनि सहज हुने र भारतका कारण आपूर्ति ब्यवस्थामा कँही कतै समस्या नहुने बताएका थिए । संसदमा संविधान संशोधनको प्रक्रिया अघि वढेकोप्रति खुशी ब्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालमा सबै पक्षबीच छिट्टै सहमति जुट्ने आशा ब्यक्त गरेका थिए । यस्तै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई सकारात्मक रुपमा लिँदै स्वागत गरेकोमा मोदीलाई धन्यवाद दिएका थिए ।

Leave A Reply

Your email address will not be published.