नेपाली पोसाक दिवस पुस १७ गते मनाइने

0

काठमाडौं । नेपाली कला, संस्कृति, भाषा र वेशभूषा लोप हुन लागेको भन्दै श्रद्धावान् नेपाल नामक संस्थाले नेपाली पोसाक दिवस–२०७२ पुस १७ गते आयोजना गर्ने भएको छ । संस्थाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी विगत तीन वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षका दिन नेपाली पोसाक दिवस मनाउँदै आएको जानकारी दिएको छ ।
संस्थाका अध्यक्ष स्वामी राजानन्दले विदेशी संस्कृति र भाषाको बढ्दो प्रयोगसँगै नेपाली पहिचान गुम्दै गएकाले नेपाली वेशभूषा र संस्कृतिको जगेर्नाका लागि संस्थाले अङ्ग्रेजी नयाँ वर्षका दिन नेपाली पोसाक दिवसका रुपमा मनाउन लागेको बताउनुभयो ।
नेपालमा बहुजाति, बहुभाषी, बहुसंस्कृति र आफ्नै छुट्टै मौलिकता रहेकाले सबै जातजाति र भाषाभाषीका मानिस मिलेर आ–आफ्नो मौलिकपन र राष्ट्रियताको जगेर्नाका लागि सबै क्षेत्रका मानिसले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पुस १७ गते शुक्रबार विभिन्न झाँकीका साथ भृकुटीमण्डपमा उक्त दिवस मनाइने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.